सुनको मूल्यमा भारी वृद्धि
काठमाडाैं। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ।
सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ।
चाँदीको मूल्यमा पनि परिवर्तन देखिएको छ। आज चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार हुँदैछ। यसअघि चाँदी एक हजार ९१० मा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment