सञ्चारमन्त्री बास्कोटालाई ‘बिग्रेको रेडियो’ उपहार

डिसी नेपाल
११ भदौ २०७६ २२:१२

डोटी । रेडियो नेपालले विना कारण पत्रकारलाई बर्खास्ती गरेपछि सुरु भएको पत्रकार आन्दोलनले चर्को रुप लिएको छ।

रेडियो नेपाल प्रदेश प्रशारण केन्द्रमा लामो समयदेखि कार्यरत पत्रकारलाई विना कारण बर्खास्ती गरेपछि पत्रकार महासंघ डोटी शाखाको नेतृत्वमा चलेको आन्दोलनले आज सञ्चारमन्त्री र रेडियो नेपालका कार्यकारी निर्देशकलाई ‘बिग्रेको रेडियो’ उपहार दिएको छ।

लामो समयदेखि रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायल शाखाको गेटमा धर्ना बस्दै आएका पत्रकारले बुधबार सञ्चारमन्त्रीलाई र रेडियो नेपालका कार्यकारी निर्देशकलाई बिरोध स्वरुप बिग्रेको रेडियो दिएको पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले जानकारी दिए।

रेडियो नेपालले बिनाकारण भाद्र १ गतेदेखि हाजिरी नहुने गरी पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई निष्काशन गरेको थियो।रेडियो नेपाललाई राजनीतिक आस्थाका आधारमा हस्तक्षेप गरी बिगार्ने काम गरेको आरोप लगाउँदै विरोध स्वरुप बिग्रेको रेडियो पठाएको शाखाका अध्यक्ष बलायरले बताए।

पत्रकारलाई बर्खास्ती गर्ने सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीको रहेकाले उनीहरुलाई विरोधस्वरुप बिग्रेको रेडियो पठाईएको अध्यक्ष बलायरले बताए।

उक्त रेडियो रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलका प्रमुख बौएलाल चौधरीलाई हस्तान्तरण गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *