लोकगीत राख मनैमाले चर्चा बटुल्दै

डिसी नेपाल
२५ वैशाख २०८२ १५:०२
772
Shares

काठमाडौं । चर्चित गायिका शान्तिश्री परियार र गायक शिवम् भण्डारीको आवाज रहेको नयाँ लोकआधुनिक गीत ‘राख मनैमा’को म्युजिक भिडियोलाई दर्शकले रुचाइरहेका छन्।

भिडियोले एक हप्तामा ६५ हजार भिउज प्राप्त गरेको छ। गीतमा रहेका टिपिकल शब्द, संगीत, स्वर र अभिनय दर्शक स्रोताले मन पराइरहेका छन्।

ललितपुरको रमणीय लेले क्षेत्रका विभिन्न स्थलमा छायांकन गरिएको म्युजिक भिडियोमा मोडल तथा कलाकार दिवस नाथ र जुना विश्वकर्माको अभिनय छ। साथमा डेढ दर्जनभन्दा बढी कोरस कलाकारहरूको सहभागिता छ।

म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् भने नवराज उप्रेतीले छायांकन गरेका छन्।

दिवस नाथ र शिवम् भण्डारीले संयुक्त रूपमा लेखेको गीतमा लय शिवम् भण्डारी नै दिएका छन्। प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको यस गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ श्याम स्वेत रसाईलीले गरेका हुन्।

गीतको म्युजिक भिडियो मोडल ‘दिवस नाथ’ नामको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.