अवैध लागूऔषधसहित विभिन्न ठाउँबाट ५ जना पक्राउ

डिसी नेपाल
११ भदौ २०७६ २३:३०

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ पिपल चौतराबाट पर्सा बीरगंज महानगरपालिका १९ बस्ने ३२ वर्षीय शेख मेहताब र सोही ठाउँ बस्ने २० वर्षीय आकाश गुप्तालाई अवैध लागूऔषध उइड्रेक्स १४ बोतल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना ४३ प ३६२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मेहताब र मोटरसाइकल चालक गुप्तालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गबाट लागूऔषध फेनारगन २५ एम्पुल, नोफिन २५ एम्पुल र डाइजेपाम २५ एम्पुल सहित कास्की पोखरा महानगरपालिका ५ मालेपाटन बस्ने समिर मगर लगायत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँस्थित खटिएको प्रहरीले ग १ ख ९२८६ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

सिराहा, गोलबजार नगरपालिका ६ दोहोटियाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने वस्तु करिब ८ ग्राम, नेपाली नगद २० हजार ७ सय ६० रुपैयाँ, भारतीय नगद १ हजार ७ सय रुपैयाँ र मोबाइल १ थान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय भरत पासवान र २२ वर्षीय बीरेन्द्र यादव रहेका छन्। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *