माग सम्बोधन नभए समानान्तर नागरिक आयोग गठन गर्ने द्वन्द्व पीडितको चेतावनी
काठमाडौं । टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै द्वन्द्व पीडित समुदायले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
टिआरसी छनोट प्रक्रिया खारेज गर्दै तत्काल पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्।
उनीहरूले आम द्वन्द्व पीडित समुदायलाई पूर्णत उपेक्षा गरी अपारदर्शी, देखावटी र भागवण्डाका आधारमा टिआरसी छनोट प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन्।
प्रदर्शनकारीले सिफारिस समिति खवरदार, जवरजस्ती गरे बहिष्कार, नयाँ सिफारिस प्रक्रिया थालियोस, भागबण्डाको समिति मान्दैनौ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन्। उनीहरूले सरकार र दल नियन्त्रित प्रकृयाबाट बनाइने आयोग नमान्ने जनाएका छन्।
साथै द्वन्द्व पीडित समुदायले आफुहरुको माग सम्बोधन नभए पीडितहरुको अनुवाइमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी समेत दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment