काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान

डिसी नेपाल
२७ वैशाख २०८२ १७:३३
364
Shares

काठमाडौं । नेपाली भाषा, साहित्य र वाङ्मयको विकासका निम्ति योगदान गर्नुभएका तीन जना स्रष्टा र दुई संस्थालाई पुरस्कारसहित सम्मान गरिएको छ।

पण्डित काशीनाथ उपाध्याय कट्टेल र उहाँकी धर्मपत्नी हरिप्रिया कट्टेलको स्मृतिमा स्थापना भएको पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठानले आज काठमाडौंमा कार्यक्रममा आयोजना गरेर ती स्रष्टा संस्थालाई सम्मान गरेको हो।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रा डा हेमाङ्गराज अधिकारी र प्रा डा दीर्घराज घिमिरेलाई वाङ्मय पुरस्कार र धनकुटाको विश्रान्तिधाम संस्कृत गुरुकुल र पिण्डेश्वर विद्यापीठ धरानस्थित दुई छात्रलाई सम्मान गर्नुभएको हो। अधिकारी र घिमिरेलाई नगद २१ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो।

हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार साहित्यकार मुना अर्याललाई प्रदान गरिएको छ। उहाँलाई नगद १५ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको हो।

त्यस अवसरमा पूर्वप्रधानन्यायाधीश कार्कीले प्रतिष्ठानका अध्यक्ष प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलद्वारा लिखित ‘व्यावहारिकसंस्कृतसम्भाषणाभ्यासः’ पुस्तक विमोचन गरे। पुस्तक समीक्षा गर्दै प्रा डा रमा भट्टराईले संस्कृत सिक्न चाहनेका लागि पुस्तक सहयोगी हुने बताए।

कार्यक्रममा दिइएको जानकारीअनुसार २०६७ सालमा स्थापना उक्त प्रतिष्ठानले हालसम्म नेपाली वाङ्मयको विकासमा योगदान गरेका २४ भन्दाबढी व्यक्ति र संस्थालाई सम्मान गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.