सूर्यविनायकको अधिकृतमा उपसचिव आचार्यलाई पठाउन मन्त्रालयको दवाव
भक्तपुर । बजेट निमार्णको मुख्य समयमनै प्रमुख प्रशासकीय अधिकृतको हेरफेर हुँदा स्थानीय तहका नीति निमार्णमा समस्या भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो पटक बाराको निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवतन गर्दा हाल दुई नगरपालिकामा यसको प्रत्यक्ष असर देखिएको छ ।
यसको पछिल्लो उदाहरण हो मन्त्रालयले बाराको निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवामा गरेको लापरवाहीका कारण नगरपालिकाको कार्यसम्पादन समेत भद्रगोल भएको थियो ।
नयाँ हाकिम पाएको पालिकाले तिव्र रुपमा कार्य अघि बढाउने योजना बनाएतापनि प्रक्रियाका निम्ती मात्र निजगढमा हाजिर भएका कारण नगरपालिकाको करिब दुई महिनाको समय बर्बाद भयो ।
२०८१ फागुन २१ गते निजगढ नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत उपसचिव युवराज आचार्यले मन्त्रालयका केही कर्मचारीसँगको मिलेमतोमा हाजिर भएको १२ दिनमा नै उनको सरुवा सूर्यविनायकमा गराए ।
मन्त्रालयका एक कर्मचारीका अनुसार उपसचिव आचार्यले केही कर्मचारीसँग अनुचित लेनदेन गरी प्रक्रियाका निम्ती मात्र निजगढ नगरपालिकामा गएको जानकारी दिए ।
उनका अनुसार मन्त्रालयले उपत्यका भित्र रहेका पालिकामा कार्य गर्नका निम्ती एक पटक उपत्यका बाहिरको पालिकामा कार्य गर्नुपर्ने प्रक्रियाका निम्तीमात्र आचार्यको निजगढमा सरुवा गरिएको थियो ।
उता उनी सरुवा भई गएका सुर्यविनायक नगरपालिका अहिले नया बजेट बनाउने र पुराने बजेटका कार्यहरुको अनुगमन तथा भुक्तानीको अन्तिम तयारीमा भएको बेलामा हाल सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको अनुसार अधिकृत आर्चाय पालिकामा आएपनि लामो समय बसेर कार्य गर्ने बिश्वास नगरपालिकाको नरहेको र अनुचित लेनदेन गरी सरुवा भई आएका कर्मचारीले नगरपालिकाको अर्थमा नजर भएको कारण आर्थिक दुरुपयोग गर्न आएको हुनसक्ने जानकारी दिएको छ ।
तर उपसचिव आचार्य हाल कार्यरत रहाको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेललाई जसरी भएपनि हटाएर आफु त्यहाँको प्रमुख प्रशासकीय अधिकृत बन्ने तयारीमा छन् ।
त्यसका निम्ती उनले पटक पटक मन्त्रालयबाट उनलाई पत्र पठाउन लगाउने देखि सचिव, सह–सचिव, शाखा अधिकृत लगाोतबाट फोन गराउने कार्यमा सक्रिय छन् ।
मन्त्रालयकाका अर्का कर्मचारीका अनुसार आचार्यको सरुवा भएको ४० दिन भयो । उनी दैनिक जस्तै मन्त्रलय गएर त्यहाँ अधिकृतलाई जसरी भएपनि रमाना लिन दवाव दिन लगाउने कार्यमा व्यस्त हुन्छन् ।







डिसी नेपाल








Facebook Comment