आज किराँत समुदायले उभौली पर्व मनाउँदै
काठमाडौं। आज किराँत समुदायले उभौली पर्व मनाउँदै छन्। किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन्।
किराँतसमुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन्। बैशाख पूर्णिमा पछि गर्मी बढ्दै जाने र बेँसीमा रहेका यो समुदायका मानिस लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ। पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ भने किराँत समुदायका भिन्न भिन्न सम्प्रदायका मानिसले साकेला नाच नाच्दछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment