गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

डिसी नेपाल
२९ वैशाख २०८२ १२:४२
108
Shares

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आइतबारदेखि महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल प्रवचन सुरु गरेका छन्।

पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूहसहित कोटिहोममा प्रवचन गर्ने छन्। उनले जेठ ३ गतेसम्म सात दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ।

कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार वाल्मीकि श्री राम कथा वाचक आचार्य पंराकुशजीको विदाई गरेसँगै आइतबार वाचन प्रवीण पोखरेलको प्रवचन सुरु भएको हो।
कोटिहोममा नियमित हुने रक्तदान कार्यक्रममा आइतबारसम्म दुई सय बढीले रक्तदाताले रक्तदान गरेका छन्।

कोटिहोम आउने भक्तजनले आफू सक्दो सहयोग गर्ने व्यवस्था भएकोले केही न केही सहयोग गरौँ भन्ने भावनालाई जागृत गर्न रक्तदान कार्यक्रम राखिएको आयोजकले जनाएको छ।

दैनिक रूपमा कोटिहोम परिसरमा रक्तदान कार्यक्रम भएको हुँदा सबै भन्दा ठुलो दान रक्तदान जस्तो पूण्य कार्यमा नछुट्न महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिले आग्रह गरे।

सोमबार भने बुद्ध पूर्णिमाको विशेष कार्यक्रम आयोजना भइरहेको छ। बुद्ध पुर्णिमाको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, किरण शाह सहितको विशेष उपस्थिति रहनेछ। बुद्ध पूर्णिमालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमहरू, धार्मिक प्रवचन तथा समाजका विभिन्न धर्म गुरुहरूको उपस्थितिमा विशेष समारोह गरिएको छ।

महायज्ञमा हिन्दू, बौद्ध, किरातलगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान् धर्मगुरुहरूको आगमन अपेक्षित गरिएको छ। यस अवसरमा बौद्ध धर्म गुरु, किरात धर्म गुरु, तथा अन्य अतिथिहरूले मन्तव्य दिने कार्यक्रम तय भइसकेको छ। विराट ज्ञान महायज्ञ धार्मिक सहिष्णुता, आध्यात्मिक उन्नति, र सांस्कृतिक एकताको प्रतिकको रूपमा आयोजना गरिएको हो।

विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले यो विराट महायज्ञले राष्ट्र, धर्म र मानवताका लागि नयाँ ऊर्जा थपेको प्रष्ट पार्दै धर्म भनेको विभाजन होइन, समन्वय हो। सबै धर्म एउटै मूलबाट निस्केका जलधाराजस्तै हुन-जो अन्ततः एउटै समुद्रमा विलीन हुन्छन् भन्दै बताएका छन्।

आयोजकका अनुसार धर्म र सम्प्रदायहरूबीचको एकता र आपसी आदरलाई केन्द्रमा राखेर समाजमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्य लिएको जानकारी दिएका छन्।

यस्तै कोटिहोममा भजन प्रतियोगितामा देशभरबाट तीन सय बढी भजन समूहले सहभागिता जनाएका छन्। प्रतियोगितामा आइतबार सम्म ५५ समूहले भाग लिइसकेका छन्। भजन प्रतियोगितामा हुने विभिन्न खालका झाकी, विभिन्न जिल्लाको भजन प्रस्तुतिले भक्तजनको ध्यान प्रतियोगिता तानेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *