राउटे समुदायकी महिला फलाटो शाहीको निधन, जनसंख्या १३२ मा झर्यो
सुर्खेत । लोपोन्मुख एवं जङ्गली जीवन बिताउँदै आएका राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ। राउटे समुदायकी ६५ वर्षीया फलाटो शाहीको मृत्यु भएपछि यो समुदायको कुल जनसंख्या घटेर अब १३२ मा झरेको छ।
मृतक फलाटो शाही राउटे समुदायका मुखियामध्येका एक प्रकाश शाहीकी आमा हुन्। राउटे परियोजनाका कर्मचारी लालबहादुर केसीका अनुसार उनी विगतदेखि नै दीर्घरोगबाट पीडित थिइन् र नियमित रूपमा औषधि सेवन गर्दै आएकी थिइन्। साउने सङ्क्रान्तिको अवसरमा अत्यधिक मदिरा सेवनसमेत गरेका कारण उनको बिहान करिब २ बजेको समयमा निधन भएको कर्मचारी केसीले जानकारी दिएका छन्।
फलाटो शाहीको निधनसँगै राउटे समुदायको कुल जनसंख्या घटेर १३२ पुगेको छ। यसअघि गत वर्षको साउन महिनामा उनीहरूको कुल जनसंख्या १३५ रहेको थियो। पछिल्लो समय यो लोपोन्मुख समुदाय पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–९, खानीखोला क्षेत्रमा बसोबास गर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment