छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

डिसी नेपाल
३१ वैशाख २०८२ १२:४७
424
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

पर्साको वीरगंज महानगरपालिका-१२ प्रतिमा चोकमा बा.४ ख ३९३५ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-१५ भिष्वा बस्ने ७३ वर्षीय ननक राउत यादवको मंगलबार दिउँसो मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वंक चोकस्थित सडकमा सु.प.प्र.०१-००१ ज १६८३ नम्बरको बोलेरो जिपको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बस्ने ५० वर्षीय महेन्द्र बिष्टको मृत्यु भएको छ।

मंगलबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मंगलबार बेलुकी मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरीको बिष्णुपुर गाउँपालिका-१ खुरहुरीयास्थित सडकमा अनटेष्ट लेखेको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक डाक्नेश्वरी नगरपालिका-१ कबिलासा बस्ने १८ वर्षीय दिपक सन्तको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.