सुनकोशीमा हाम फालेर दम्पती बेपत्ता
काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी भइरहेको छ।
बुधबार साँझ करिब ६ बजेर ३० मिनेटमा मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफाली बेपत्ता भएका थिए।
बुधबार राति पनि सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीयवासीहरूले खोजी गरे पनि नभेटिएपछि बिहीबार बिहानैदेखि थप सुरक्षा टोलीसहित सुनकोशीमा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। यद्यपि हालसम्म अवस्था अज्ञात नै रहेको बताइएको छ।
तिलकुमारी पराजुली बोन म्यारो क्यान्सरका कारण अपाङ्ग रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
सशस्त्र प्रहरीले बेपत्ता दम्पतीको र्यापबोट र ड्रोन क्यामेराबाट खोजी कार्य तीव्र रूपमा जारी राखेको जनाएको छ। साथै, घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment