विद्यार्थीलाई मतदानबारे सिकाउन भ्याली भ्यू स्कुलमा सदनको निर्वाचन सम्पन्न

डिसी नेपाल
३१ वैशाख २०८२ १४:०८
148
Shares

काठमाडौं । काठमाडौंको मध्ये बानेश्वरमा रहेको भ्याली भ्यू स्कुलले शिक्षालाई व्यवहारिक बनाउनका लागि विद्यालयमा विभिन्न नयाँ-नयाँ अतिरिक्त क्रियाकलाप गर्दै आएको छ।

यसैक्रममा विद्यालयको कप्तान र विभिन्न सदनको कप्तान तथा उपकप्तान छनोट गर्दै सोमबार माध्यामिक र निम्न माध्यामिक तहका विद्यार्थीहरुको सहभागितामा स्कुलको सदन निर्वाचन सम्पन्न गरिएको छ।

निर्वाचित हुनेमा स्कुलको कप्तानमा छात्रतर्फ प्रणय पोखरेल र छात्रातर्फ अनिष्मा दवाडी रहेका छन्। छात्रतर्फ पोखरेलले ५ सय ७७ मत खसेकोमा ३ सय १५ मत प्राप्त गरेका थिए भने छात्रा तर्फ दवाडी निर्विरोध निर्वाचित भएकी थिइन्।

स्कुलमा चार वटा सदन हेलेन, नाइटिंगेल, पारिजात र टेरेसा छन्। कक्षा ९ को विभिन्न चार वटा सदन हेलेन, नाइटिंगेल, पारिजात, टेरेसा को कप्तानमा क्रमशः रोहित शर्मा, केसांग तामाङ, साकार घिमिरे र अनुज कृष्ण यादव विजयी भएका छन्।

यस्तै उपकप्तानमा क्रमशः कक्षा ८ का शुभम निरौला, अनुप भट्ट, संयम शिवाकोटी, पुस्कर यादव विजयी भएका छन्। यस्तै कक्षा ८ कै उपकप्तान छात्रातर्फ क्रिसा गौतम, यनि कर्माचार्य, अधिसा डंगोल, र प्रिसा श्रेष्ठ विजयी भएका छन्।

यसैगरी कक्षा ७ मा कप्तानमा क्रमशः अनुष्का गिरी, केनिस आचार्य, युवराज शर्मा र अग्रिम लामिछाने विजयी भएका छन्। उपकप्तानमा अरिजित भट्ट, आरभ रावल, शिसेत गिरी र जेकव सापकोटा विजयी भएका छन्।

विद्यालयले सदनको निर्वाचन गराउन वैशाख १९ गते निर्वाचन समिति गठन र मनोनयन दर्ता गरेको थियो। यस्तै २२ गते मनोनयन फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो।

यसैगरी २४ गते सदन शिक्षक शिक्षिकाको घोषणा र विद्यार्थी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको थियो।

यस्तै वैशाख २८ गतेदेखि मौन अवधी सुरु भएको थियो भने ३० गते मतदान भएको थियो। अब आगामी जेठ २ गते निर्वाचनको अन्तिम नतिजा घोषणा र निर्वाचित भएका उम्मेदवारहरुलाई निर्वाचित भएको प्रमाणपत्रको वितरण गरिने भ्याली भ्यू स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक सन्तोष चापागाईले जानकारी दिए।

उनले भ्याली भ्यू स्कुलमा यस्ता किसिमका अतिरिक्त सिर्जनशिल क्रियाकलाप विगत वर्षदेखि गर्दै आएको र यस्ता क्रियाकलापले विद्यार्थीको सर्वांगिण विकासमा टेवा पुग्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.