चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला

डिसी नेपाल
३१ वैशाख २०८२ १४:४६
80
Shares

जनकपुर । जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला परेको छ।

जनकपुरधाम उपमहानगरपालिका–६ मा रहेको उक्त सार्वजनिक पोखरीमा बुधबार विहान जनकपुरधाम वडा नं. ४ का अन्दाजी ४० वर्षीय रविन कर्णको शव फेला परको हो।

उनी हिजो बेलुका करीब ५ बजे पोखरीमा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको नेतृत्वमा डिएम तालिम प्राप्त ३ जना र गोताखोर तालिम प्राप्त १ जना सहित ९ जनाको टोलीले हिजो उनको खोजीमा परिचालन गरिएको थियो।

टोलीले हिजो दुई घण्टासम्म खोजी कार्य गरेपनि बेपक्ता कर्णलाई फेला पार्न सकेको थिएन। आज विहान मृतक कर्णको शव तैरिरहेको अवस्थामा पोखरीमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बरामद भएको कर्णको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटनाको अनुसन्धान पनि सुरु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.