गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह

डिसी नेपाल
३१ वैशाख २०८२ १६:५५
52
Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह गरेका छन्।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ कार्यक्रममा उनले नेपालमा लगानी गर्ने सहज वातावरण अझै पनि नभएको भन्दै नेपालको आर्थिक समृद्धिका लागि एनआरएनलाई लगानीमैत्री वातावरण तयार गराउन सरकारसँग आग्रह गरे।

‘समृद्ध नेपाल बनाउन हामी गैरआवासीय नेपालीहरूले साथ दिन्छौँ। तर हाम्रा माग सम्बोधन गर्न राज्य तयार हुनुपर्छ’, उनले भने, ‘आर्थिक राजनीति र सामाजिक अधिकारका लागि हामीले उठाएका माग पूरा गर्न राज्यले सहयोग गरोस्। लगानीमैत्री वातावरण बनाएमा गैरआवासीय नेपालीले स्वदेशमा लगानी गरेर रोजगारी वृद्धि तथा आर्थिक विकासमा सहयोग गर्नेछन्।’ गैरआवासीय सबै नेपालीलाई छिटो र सहज रूपमा नागरिकता उपलब्ध गराउने वातावरण तय गर्नका लागि पनि केसीले सरकारसँग आग्रह गरे।

संघका उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपालीले मुलुकको सामाजिक, आर्थिक विकासमा योगदान गर्दै आइरहेका भन्दै एनआरएनएमा देखिएका विविध चुनौतीहरू समाधान भएमा अझै योगदान बढ्ने बताइन्।

‘हामीले उठाएका मागहरू अझै पनि छायामा छन्। ती माग (एजेण्डा) कार्यान्वयनका लागि संघका तर्फबाट म सरकारसँग आग्रह गर्दछु। आर्थिक विकासमा देखिएका चुनौतीसहित अन्य विषयमा ग्लोबल कन्क्लेभमा छलफल गर्ने छौँ’, उनले भनिन्।

उपाध्यक्ष टिबी कार्कीले एनआरएनएमा पराजित समूहले अनावश्यक विरोध गर्दा समस्या पैदा भइरहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *