गायिका एलिना चौहानले पोखरा कोटिहोममा प्रस्तुती दिने
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा बिहीबार गायिका एलिना चौहानको विशेष प्रस्तुती दिने भएकी छन्।
कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएका बेला गायिका चौहानले प्रस्तुती दिन लागेकी हुन्।
जसका लागि गायिका चौहान पोखरा पुगिसकेकी छन्। गायिका चौहानले पोखरा विमानस्थलमा ल्याण्ड गरेलगत्तै पोखरा पुगेको जानकारी दिँदै उनले सबै भक्तजनहरुलाई उपस्थितिका लागि आव्हान गरेकी छन्। गायिका एलिना आमासहित पोखरा पुगेकी हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment