जिप दुर्घटनामा दुई जना घाइते
जुम्ला। जुम्लाको तिला गाउँपालिका–१ गाडगुडेनीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्।
कर्णाली राजमार्गअन्तर्गत तिलाको गाडगुडेनीमा क१ज ३७ नम्बरको जिप दुर्घटना हुँदा चालक २० वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका–६ महावैपाथरखोलाका ५५ वर्षीय धनराज अधिकारी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहित रसाइलीले जानकारी दिए।
घाइते दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। जिप सडकदेखि २०० मिटर तल तिला नदीमा खसेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment