आईपीएलमा दिल्लीविरुद्ध गुजरातको जित

डिसी नेपाल
५ जेठ २०८२ ७:०४
140
Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हराएको छ।

आइतबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरातले विना विकेटको क्षति १९ ओभरमा २०५ रन जोडेको हो।

साइ सुदर्शनले अविजित रहँदै ६१ बलमा १०८ रन बनाउँदा कप्तान शुभमन गिलले ५३ बलमा ९३ रन जोडे।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १९९ रन जोडेको थियो। दिल्लीका लागि ६५ बलको सामना गरेका उनले १४ चौका र चार छक्का प्रहार गरे।

अभिषेक पोेरेलले ३०, अक्षर पटेलले २५ तथा ट्रिस्टियन स्टब्सले अविजित रहँदै १० बलमा २१ रन जोडेका थिए। लोकेश राहुलले अविजित रहँदै ११२ न जोडे।

यो खेलको समाप्तिसँगै शीर्ष स्थानको गुजरात, दोस्रो स्थानको बंगलोरु र तेस्रो स्थानको पन्जाब आईपीएलको प्ले अफमा प्रवेश गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *