मालपोत कार्यालय बुटवलका खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ
सांकेतीक फाेटाे-
काठमाडौं । मालपोत कार्यालय बुटवलका खरिदार र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन्।
खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेले जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विज्ञप्ति जारी गर्दै खरिदार पाण्डे र लेखापढी व्यवसायी पाण्डेलाई सेवाग्राहीसँग १ लाख २० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा पक्राउ परेका हुन्।
उनीहरुलाई मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल-पाण्डे लेखापढी सेवाको कार्यालयबाट घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment