नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट इन्टरनेशनल अवार्ड-२०२५ जापानमा हुँदै
काठमाडौं। हिमालयन मुमिज काठमाडौंको आयोजनामा हरेक वर्ष हुँदै आएको फेसन एवं मनोरञ्जनको क्षेत्र अवार्ड कार्यक्रम नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट इन्टरनेशनल अवार्ड (एन.एफ.इ.ए) को चौथो संस्करण यो पटक जापानको राजधानी टोकियोमा आयोजना हुने भएको छ।
नेपाली फेसन सौन्दर्य प्रतियोगिता मोडलिङ चलचित्र तथा संगीत विधाका व्यक्तिहरु समाहित हुने सो अवार्ड कार्यक्रममा सरिक करिव डेढ दर्जन प्रतिनिधि यसै साता जापान जाने आयोजक पक्षले जानकारी दिएको छ।
फेसन, मोडलिङ तथा मनोरञ्जन क्षेत्रमा मञ्च अगाडि र पछाडि कार्यरत रहने हरेक व्यक्तिहरुको योगदानको कदर गर्दै यस क्षेत्रको श्रीवृद्धिका हेतु कार्यक्रम गर्न लागिएको आयोजक पक्षले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment