प्रकाशचन्द्र खतिवडाका सात छोटा कविता

प्रकाशचन्द्र खतिवडा
१० जेठ २०८२ ७:०९
40
Shares

१, आमा

पर, पर
नरक कुण्डमा (यदि छ भने)
पापी छोराहरु
तड्पिँदै जाने गर्छन्।
प्रिय आमा
तिम्रो सपना भत्काएर
पाखण्डी छोराहरु
आत्महत्या गर्दै
जीवन चकनाचुर पार्छन्।
आमालाई रुवाएर
तिमीले कुन पुरुषार्थ ग¥यौ हँ?
तिमीलाई के थाहा?
आमा हुनुको गर्वानुभूति
प्रसव पीडा

तिम्रो जन्म
एउटा संयोग थियो।

२, बाँच्नुको नाममा

बाँच्नुको नाममा
अब कुनै जिजीविषाहरु
उन्मुक्त स्वरमा
खुशियाली साट्न सक्तैनन्।
म खोजी रहेछु
तथाथित जिन्दगीको
पर्दाफास गर्न
स्वयं चितामा जिउँदै जली
आत्महत्या गर्न।
सायद
एक नेपथ्यबाट
लगातार गिज्जयाइ रहेको छ
धोद्रो स्वरमा लगातार
बाँच्नुको नाममा
सयौँ पटक मर्नलाई।

३, फाँसीको तख्ता

म भनेको
कु मान्छे
कुतत्व
म संसार विरुद्ध उभ्भिएको
एउटा अजङ्गको राक्षस
भूतालयबाट निस्केको
कुरुप भूत।
म मान्छे देखी सहन्न
मलाई रगत पिउन मन पर्छ
म मान्छेको भविष्य निचोरी बस्छु
निर्मम हत्यारा जस्तो।
म दण्डित योग्य भै सके आमा
म क्षम्य छैन
मलाई फाँसीको तख्ता दिए हुन्छ
म फाँसी चढ्न राजी भै सके।

४, आकाश खस्नै लागेको छ

अब आकाश खस्नै लागेको छ
धरती डोलाममान हुनै लागेको छ
पीडा खप्न नसकी
सृष्टि निरन्तर रोइरहेकै छ।
आकाश खस्यो भने
धरती डोलाममान भयो भने
न तिमी हुन्छौँ
न म नै हुन्छु
मानवता गुमाएर मान्छेहरु
सायद टोकाटोक गरी वस्लान
उफ !
मलाई मार
मेरा प्रियजनहरु
अब बाँच्नुको कुनै औचित्य छैन
म यो जीवनको परकाष्ठा टुङ्ग्याउन चाहान्छु
मैले आकाश खसेको हेर्नु छैन ।

५, फोस्रो आदर्श

न युद्ध छोड्न सकियो
वर्षौबाट, मन भित्र गुम्सिएको
न बद्ध बन्न सकियो
ऋचाहरु पmैलाएर शान्तिको
भात मात्रै हसुरियो
यो भाते जिन्दगीमा
जिन्दगीकोे परिभाषा खोज्ने कसरी?
म जिन्दगी घिसारेर
सडक चहार्न विवश छु
मलाई समयले चड्कन हान्छ
म क्षितिज मै पछारिन्छु।
सायद श्रमको मूल्य नबुझेरै
गति छाडा भइयो क्यारे
समयले कहाँ छुट दिन्छ र?
अब उठौं÷ अब जुटौं
फोस्रो आदर्शको कुरा नगरे हुन्छ
क्रान्तिको विगुल बज्नै लाग्यो।

६, तथाकथित मुर्दा मन

कति कमजोर छन मस्तिष्कहरु
म कहिल्यै आफूलाई
जिउँदो देख्न सक्दिनँ
कति नीच छन् भावनाहरु
सधै अरुलाई होच्याउनु पर्ने
क्ति पीडादायक छन्
यात्रामा हिँड्ने गोरेटोहरु
कति मर्माहत छ जिन्दगी?
म कहिल्यै
आफूलाई हाँसेको देख्न मान्दिन
कहाँबाट पलायो यो बैराग्यता?
तिलान्जली दिएर
विद्रोह ओकल्दै
तथाकथित मुर्दा मन विस्फोटित गरौ जस्तो लाग्यो ।

७, बैस

बैंस त
तिमीले भने जस्तो
सस्तो कहाँ हुन्छ र?
मुस्कानले मन फर्कँदैन मेरो
समुद्रभित्र मोति हुन्छ रे
म गहिराइमा खोज्ने गर्छु।
तिमीले सोच्यौ
म पलायनवादी हुँ
र सजिलै मेरो जालमा फस्छ
सायद, त्यो तिम्रो भुल थियो।
म बैसलाई
कहाँ बरालिन दिन्छु र प्रिये?
बैसालु भावना उर्लन्छन खहरे झै
तिम्रो मन बगाउनलाई
सायद भालेको डाक संगै जन्मने गर्छ बैस
र सूर्यास्त सँग सँगै मर्ने गर्छ
गोधुलीमा लम्पसार परेर।

सुन्दरहरैंचा-६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.