खोलाले बगाउँदा महिलाको मृत्यु
ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेकी ५१ वर्षिया विष्णुमाया लिङ्देनको खोलाले बगाएर मृत्यु भएको छ।
मेहेलेस्थित फावाखोला तर्ने क्रममा खोलाले बगाएर लिङ्देनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको शव बगेर बेपत्ता भएको ठाउँदेखि करिब १५० मिटर टाढा फेला परेको हो।
खोलाले बगाएपछि सिदिङ्वा–६ का वडाध्यक्ष रत्नकुमार लिङ्देनले इलाका प्रहरी कार्यालय तेल्लोकमा खोजी गर्न खबर गरेका थिए। प्रहरी चौकी साब्लाखुको टोलीले लिङ्देनको शव फेला पारेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment