घुससहित यातायात कार्यालय धनगढीका ३ कर्मचारी पक्राउ

डिसी नेपाल
१२ भदौ २०७६ २२:४४

धनगढी । घुससहित यातायात कार्यालय धनगढीका निमित्त प्रमुखसहित तीन जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ।

गाडी बिक्री गरेवाफत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले कार्यालयका निमित्त प्रमुख शाखा अधिकृत गम्भीर सिंह विष्ट, शाखा अधिकृत (सातौँ तह) भुवन जोशी र अधिकृत छैटौँ जयराज कारिगरलाई १ लाख ६६ हजार एक सय रुपैयाँसहित रंगेहात नियन्त्रणमा लिएको आयोगको शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकृत टोप बहादुर विष्टले बताए।

उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाईएको आयोगले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *