सुडान काण्डका फरार ठेकेदार शम्भु भारती पक्राउ

डिसी नेपाल
१३ भदौ २०७६ ९:४४

काठमाडौं। नेपाल प्रहरीको सुडान शान्ति मिसनको सुरक्षा बन्दोवस्ती सामान खरिद प्रकणमा भ्रष्टाचार गरेका नेपाली ठेकेदार शम्भु भारती शुक्रबार पक्राउ परेका छन्।

भारती ललितपुरबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले डिसी नेपाललाई जानकारी दिए। उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको बताए।

सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो । भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए।

यही कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको सार्वजनिक भएको थियो । सुडानको डाफरमा शान्ति मिसनका लागि खटिएको नेपाल प्रहरीको बन्दोवस्तीको सामाना (एपीसी) खरिदमा करोडौं भ्रष्टाचार भएको थियो।

सो प्रकरणमा नेपाल प्रहरीका तीनजना महानिरीक्षकहरुले जेल सजाय भोगिसकेका छन्।  भारती ती सामान उपलब्ध गराउने अन्तर्राष्ट्रिय सप्लायर्सका नेपाली एजेन्ट थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *