दिपिका पादुकोणसँग रिसाए एनिमल निर्देशक

डिसी नेपाल
१३ जेठ २०८२ १४:००
240
Shares

मुम्बई । ‘कबीर सिंह’ र ‘एनिमल’ जस्ता फिल्म बनाएका सन्दीप रेड्डी वांगाले प्रभासको ‘स्पिरिट’बाट बाहिरिएपछि दीपिका पादुकोणलाई निशाना बनाएका छन्। हिजो राति उनले ट्विटरमा एक गुप्त पोस्ट साझा गरेका छन्।

उनले दीपिकाको नाम लिएनन् तर उनीमाथि ‘फोहोर पीआर गेम’ खेलेको र उनको फिल्मको कथाको अंश खुलाएको आरोप लगाए। सन्दीप रेड्डी वांगाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जब म कलाकारलाई कथा सुनाउँछु, म उसलाई शतप्रतिशत विश्वास गर्छु। हामीबीच नबोलिएको एनडिए (नन् डिस्क्लोजर एग्रीमेंट) छ। तर, त्यसो गरेर तपाईंले आफ्नो व्यक्तित्वलाई ‘खोलि’ दिनु भएको छ।’

सन्दीपले थप लेखेका छन्, ‘युवा अभिनेतालाई निराश पार्ने र मेरो कथालाई छोडेर? के यही हो तिम्रो नारीवाद? एक फिल्म निर्माताको हैसियतले मैले आफ्नो कलाको पछाडि वर्षौंको मेहनत लगाएको छु र फिल्म निर्माण नै मेरो लागि सबैथोक हो। तिमीले यो कुरा बुझेनौं। तिमीले यो बुझ्ने छैनौं। यो तिमीले कहिल्यै बुझ्दैनौं।’

केही दिनअघि सन्दीप रेड्डी वांगाले दीपिका पादुकोणलाई ‘स्पिरिट’बाट हटाएको खबर आएको थियो। रिपोर्टका अनुसार दीपिकाको मागमा आठ घण्टा काम गर्ने समय, मोटो पारिश्रमिक र फिल्मको नाफामा हिस्सा समावेश छ। यो कुरा निर्देशकलाई मन परेन। हालै दीपिकाले आफ्नो कामको घण्टा घटाएर आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेकी छन्। यही निर्णयका कारण उनले फिल्म छाडिन्।

‘कल्कि २८९८ एडी’ पछि प्रभाससँग उनको यो दोस्रो सहकार्य हुने थियो। तर, दिपिकाले काम नगरे पनि सो फिल्ममा प्रभासको अपोजिटमा तृप्ति डिमरीलाई उनले लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *