छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला

डिसी नेपाल
१३ जेठ २०८२ १७:१३
1.1k
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा पाँच जनाको शव फेला परेको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१२ क्याम्पस चोकस्थित जयन्ती सेक्युरिटी कम्पनी प्रदेश कार्यालयमा कार्यरत मोरङ घर भएका ५० वर्षीय यान बहादुर खुलाल सोही कार्यालयको छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी धनुषाको जनकपुरधाम उपमहानगरपालिका-८ स्थित अग्नि कुण्ड पोखरीमा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

धनकुटाको पाख्रीबास नगरपालिका-९ धर्मशालास्थित हिले छिन्ताङ सडक छेउमा धनकुटा नगरपालिका-१० बस्ने ४६ वर्षीय जित बहादुर नेपाली मंगलबार मृत अवस्थामा फेला परेका छन्।

पर्साको ठोरी गाउँपालिका-१ चौतारास्थित फुटबल खेल मैदानको स्टेजमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४६ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

सप्तरीको बोदेबरसाईन नगरपालिका-८ काचन बस्ने ३५ वर्षीय अरूण कुमार दास सोही ठाउँस्थित आँपको रूख मुनि मंगलबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.