परित्याग बोलको गीत सार्बजनिक
काठमाडाैं। सुजन थापा क्षेत्रीको शब्द र स्वरमा स्माइल दासको संगीत अनि बिशम आचार्यको एरेन्जमा परित्याग बोलको गीत सार्बजनिक भएको छ।
सफल केसीको निर्देशन रहेको उक्त गीतमा कलाकार बिपिन कार्कीको बेजोड अभिनय देख्न सकिन्छ। यस भिडियोले नेपालमा पहिचान नभएका मानसिक स्वास्थ्य समस्याको कठोर यथार्थ उजागर गर्दै मानसिक स्वास्थ्यको उपेक्षाले निम्त्याउन सक्ने गम्भीर परिणामको शक्तिशाली चित्रणगर्दै देश तथा बिदेसमा बस्ने नेपालीमाझ तरंग सिर्जना गरिरहेको छ।
गायक सुजन भन्छन्, ‘हामीले बेवास्ता गर्ने, ट्याग लगाउने वा डराउने धेरै मानिसहरू वास्तवमा मानसिक समस्यासँग संघर्ष गरिरहेका हुन सक्छन्,उनीहरू सधैं हामीले सोचेजस्तो देखिँदैनन्। उनीहरूले पनि बुझाइ र सम्भव भएमा सहयोगको हकदार छ।’
मिस्टर सुजन युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई अहिलेसम्म एक लाख भन्दा बढिपटक हेरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment