रियालिटी शो ‘एक्टिङ स्टार’ जेष्ठ १५ गतेबाट

डिसी नेपाल
१४ जेठ २०८२ १६:२४
88
Shares

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘एक्टिङ स्टार’ जेष्ठ १५ गते बिहिबारदेखि प्रसारण हुने भएको छ।

एपीवान टेलिभिजन र ओएसआर रियालिटीमा बेलुकी ९ बजे प्रसारण हुनेछ। केहि महिना अगाडी नै डिजिटल अडिसनको आह्वान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शो ‘एक्टिङ स्टार’ले प्रि-जज अडिसन सम्पन्न गरी फिजिकल अडिसन लिइसकेको छ। निर्णायक टीममा निर शाह, अनुप बराल र ऋचा शर्मा रहेको जानकारी आयोजक संस्था महक मिडिया नेटवर्कले गराएको छ।

अभिनयका बादशाह भनेर चिनिने निर शाह, थुप्रै सफल कलाकारका गुरु अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्माले ‘एक्टिङ स्टार’को छनोट गर्नेछन्।

कार्यक्रममा सहभागी हुनको लागी बाल कलाकार, युवा कलाकारको साथ साथै वृद्धहरूको समेत रुची देखिएको छ।

अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले ल्याउन लागिएको यो शोको निर्देशन विशाल भण्डारीले गर्नेछन्। गायन, नृत्य र कमेडीका रियालिटी शोहरुलाई दर्शकले रुचाइरहेका बेला ‘एक्टिङ स्टार’ पनि आउन लागेको हो।

‘एक्टिङ स्टार’ को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ। ‘एक्टिङ स्टार’को विजेताले नगद पुरस्कार राशीसहित फिचर सिनेमामा काम गर्ने अवसर पाउनेछन्। कार्यक्रमका सञ्चालक श्रीजल रुपाखेती हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *