केजीएफ निर्माताले ऋतिक रोशनसँग मिलेर फिल्म बनाउने
हैदाराबाद। ऋतिक रोशन यतिबेला फिल्म ‘वार २’ लाई लिएर चर्चामा छन्।
यसैबीच होम्बले फिल्म्स प्रोडक्सन हाउसले ऋतिक रोशनसँगको नयाँ प्रोजेक्टको घोषणा गरेको छ। यद्यपी यस प्रोजेक्टसँग सम्बन्धित कुनै जानकारी भने खुलाइएको छैन र यो फिल्ममा ऋतिक कुन भूमिकामा देखिनेछन् भन्ने पनि स्पष्ट भएको छैन। तर, अभिनेताका फ्यान भने निकै खुसी छन्।
होम्बल फिल्म्सका सञ्चालक विजय किरागान्दुरले भने, ‘यो सहकार्यबाट हामी धेरै खुसी छौं। होम्बल फिल्म्सले सबैलाई प्रेरणा दिने र पुग्ने कथाहरू सुनाउने लक्ष्य राखेको छ। ऋतिक रोशनसँग काम गर्नु हाम्रो उद्देश्यतर्फको ठूलो कदम हो। हामी एउटा बलियो कथा र कल्पना दुवै भएको फिल्म बनाउन चाहन्छौं। मन छुने र स्मरणीय रहने फिल्म बनाउने प्रयास गर्नेछौं।’
जवाफमा ऋतिकले भने, ‘होम्बल फिल्मले अहिलेसम्म धेरै फरक र रोचक कथाहरू बनाएको छ। म उनीहरूसँग काम गर्न पाउँदा धेरै खुसी छु। हामी सबै मिलेर दर्शक समक्ष उत्कृष्ट फिल्म ल्याउन चाहन्छौं। हाम्रो सपना ठूलो छ र हामी यसलाई साकार पार्न सक्दो प्रयास गर्नेछौं।’
केजीएफ १, केजीएफ २, सालार पार्ट १ र कान्तारा जस्ता फिल्म बनाएको होम्बाले फिल्म्सले अब ऋतिक रोशनलाई लिएर फिल्म बनाउने भएको छ। यसबाट फ्यानहरु पनि निकै खुसी छन्।
ऋतिक र साउथ सुपरस्टार जुनियर एनटीआरको फिल्म ‘वार २’ रिलिज हुँदैछ। यस फिल्ममा कियारा आडवाणी पनि देखिनेछिन्। यसका साथै ‘क्रिस ४’ को बारेमा पनि बहस चलिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment