मन्त्रिपरिषद्बाट बजेट अनुमोदन
काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएको बैठकले आगामी आर्थिक वर्षको बजेट अनुमोदन गरेको हो।
मन्त्रिपरिषद्बाट बजेट अनुमोदन भएसँगै बिहीबार अपराह्न ३ बजे संघीय संसदको बैठकमा बजेट पेस हुँदैछ। यसअघि आजकै प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गरिसकेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment