डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड, एआईलाई प्रोत्साहन गरिने

डिसी नेपाल
१५ जेठ २०८२ १६:२९
88
Shares

काठमाडौं । सरकारले डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरेको छ।

बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृत्रिम बौद्धिकता (एआई)लाई प्रोत्साहन गरिने पनि जानकारी दिए।

उनले भने, ‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गरिने छ। डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरिएको छ।’

यस्तै अर्थमन्त्री पौडेलले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने, फोरजी सेवाको विस्तार र ठूला शहरमा फाइभजी सुरु गरिने समेत जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *