सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजिकरण गरिने

डिसी नेपाल
१५ जेठ २०८२ १७:०९
32
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नागरिकको सुरक्षित आवासको संवैधानिक हकको प्रत्याभूति गरिने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बजेट प्रस्तुत गर्दै उनले सामुहिक आवास विकासको लागि जग्गा प्राप्ती र वित्तिय पहुँच उपलब्ध गराइने भन्दै निजी क्षेत्रबाट निर्माण र सञ्चालन हुने सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजिकरण गरिने बताए।

उनले भने, ‘नागरिकको सुरक्षित आवासको संवैधानिक हकको प्रत्याभूति गरिने छ। सहरी विकासलाई उत्पादन, वृद्धि, व्यवसाय र रोजगारीका अवसरसँग आवद्ध गराइने छ। सामूहिक आवास विकासको लागि जग्गा प्राप्ती र वित्तिय पहुँच उपलब्ध गराइने छ। निजी क्षेत्रबाट निर्माण र सञ्चालन हुने सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजिकरण गरिने छ।’

यस्तै, उनले जग्गा एकिकरण र सुपथ मूल्यमा आवास विकास गरिने, स्मार्ट सिटी र इको भिलेज अनुरुपका पूर्वाधार निर्माण गर्न अध्ययन गरिने पनि बताए।

उनले भने, ‘जग्गा एकिकरण र सुपथ मूल्यमा आवास विकास गरिनेछ, स्मार्ट सिटी र इको भिलेज अनुरुपका पूर्वाधार निर्माण गर्न अध्ययन गरिने छ। जोखिमयुक्त र छरिएका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तर गरि सुविधायुक्त एकिकृत बस्तीमा विकास गरिने छ। बस्तीको मौलिक स्वरुप र स्थानिय वास्तुकलाको प्रवद्र्धन गरिनेछ। देशभरका ५० गोष्ठी संरक्षण र पूर्वाधार सुधारका लागि बजेटको व्यवस्था गरिएको छ।’

काठमाडौं उपत्यका लगायत प्रमुख सहरहरुको सौन्दर्य तथा आधारभूत सेवाको गुणस्तर वृद्धि गर्न युटिलिटि कोरिडोरको अवधारणा कार्यान्वयन गरिने पनि उनको भनाई छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *