कुनै योजना तथा कार्यक्रम नखुलाई ७८ अर्ब ३५ करोड बजेट
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ विविध अर्थात् अबण्डा शीर्षकमा रू ७८ अर्ब ३५ करोड ४३ लाख बराबरको बजेट छुट्याएको छ।
संघीय संसदको संयुक्त बैठकमा आज पेस भएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार कुल विनियोजित रकमको करिब चार प्रतिशत रकम अबण्डा राखिएको हो।
आगामी आर्थिक वर्षका लागि अर्थ विविध शीर्षकमा राखिएको रू ७८ अर्ब ३५ करोड ४३ लाख बराबर बजेटको स्रोतका रुपमा आन्तरिक र बाह्य ऋणलाई देखाइएको छ। जसमध्ये आन्तरिक ऋणबाट रू ७१ अर्ब २६ करोड ११ लाख र बाह्य ऋण बाट रु सात अर्ब नौ करोड ३२ लाख बराबर स्रोत व्यहोरिने बजेटमा उल्लेख छ।
कुनै योजना तथा कार्यक्रम नखुलाईकन ठूलो रकम बजेटमा राख्दा वित्तीय अनुशासन पालना हुन नसक्ने र तजबिजी खर्च बढ्ने भन्दै महालेखापरीक्षकको कार्यालयले समेत हरेक वर्ष समस्या औंल्याउँदै आएको छ। तर पनि सरकारले अबण्डा शीर्षकमा ठूलो रकम राख्ने परिपाटी हटाउन सकेको देखिँदैन।







डिसी नेपाल








Facebook Comment