मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु

डिसी नेपाल
१५ जेठ २०८२ १९:४९
364
Shares

पोखरा । कास्की जिल्लाको पोखरा महागनरपालिका–२५ हेम्जा स्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ।

सोही जिल्लाको माछापुछ्रे गाउँपालिका–६ बस्ने १४ वर्षिय बिशाल परियार र १३ वर्षिय विवश परियार पौडी खेल्ने क्रममा जेठ १५ गते दिउँसो करिव १३:४५ बजे डुवेर बेपत्ता भएका थिए।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवालको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले दुवै जनाको शव करिव २० फिट गहिराईबाट बाहिर निकालेको हो। सो टोलीले खोजीकार्य गर्ने क्रममा विवश परियारको शव १४:१० बजे र बिशाल परियारको शव १५ बजे फेला पारेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *