१२५० किलो गाँजासहित तीन जना पक्राउ

डिसी नेपाल
१६ जेठ २०८२ १६:०१
160
Shares

उदयपुर । चौदण्डीगढी नगरपालिका-१ रानीटारबाट १ हजार १ सय ४३ किलो २ सय ७५ ग्राम लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने रत्न माया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठ छन्। रत्न मायाको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा ३५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो।

उता, सिन्धुली हरिहरपुरगढी गाउँपालिका–२ झनझनेबाट १ सय ७ किलो १ सय १० ग्राम गाँजासहित रौतहट गरूडा नगरपालिका–४ बस्ने १९ वर्षीय गोपाल साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र २–०३–००१ च ५६७१ नम्बरको बोलेरो पिकअपलाई तलासी गर्दा सिमेन्टको बोराले छोपी लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी पिकअप चालक साहलाई पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *