धर्मेन्द्रले ल्याए एकसाथ चार कृति
काठमाडौं। लेखक धर्मेन्द्र नेम्बाङले एकसाथ चार कृति बजारमा ल्याएका छन्। जसमा ‘कृष्णविक्रम नेम्बाङले हिँडेको क्रान्तिको बाटो’, ‘पितापुर्खाको कथा’, ‘कांग्रेस पार्टीको रूपान्तरण र देश बनाउने विधि’ र ‘बीपी विचारधारा र हरियो समाजवाद’ छन्।
कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेसहित नेताहरू मधु आचार्य, गुरुराज घिमिरे, रमेश लिङ्देन, शंकर तिवारीलगायतले उक्त कृति शनिबार काठमाडौंमा विमोचन गरेका हुन्। आचार्य, घिमिरे, लिङ्देन र तिवारीले ती कृतिको समीक्षा गरेका थिए। साहित्यकार डा. विष्णुविभु घिमिरे, प्रा.डा. कुमार कोइराला र विमला तुम्खेवाले लेखकलाई शुभकामना दिएका थिए।
कृतिकार नेम्बाङले आफ्ना किताबको विमोचन गर्न उपन्यास ‘रातो बाघ’देखि नै छाडे पनि यसपटक सन्जोग परेको बताए। ‘मैले यो चाहेर भएको होइन। चारवटा कृतिको विमोचन एक सन्जोग मात्र हो’, उनले भने। यीमध्ये दुइटा (देश बनाउने विधि र हरियो समाजवाद) आफ्नो लेखन र बाँकी (क्रान्तिको बाटो र पितापुर्खाको कथा) सम्पादन रहेको उनको भनाइ थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment