सुरक्षा कारबाहीमा ६ जना सर्वसाधारण मुक्त

डिसी नेपाल
१३ भदौ २०७६ १७:४१

एजेन्सी (रासस/सिन्हवा) । अफगानिस्तानको घाज्नी प्रान्तको गेरो जिल्लामा लुकेर बसेका तालिबान आतङ्ककारीविरुद्ध बिशेष सुरक्षाबलले गरेको कराबाहीको क्रममा छ जना सर्वसाधारण मुक्त भएका छन्।

ती सर्वसाधारण बिहीबार तालिबानको कब्जाबाट मुक्त भएका सेनाले शुक्रबार जारी बिज्ञप्तिमा जानकारी दिएको छ। गेरो जिल्लाको दुर्गम क्षेत्रमा भएको यस विशेष सुरक्षा का्रबाहीमा सुरक्षा बलतर्फ भने कुनै हताहत नभएको र तालिबानको कब्जामा रहेका छ व्यक्ति मुक्त गराउनु सुरक्षाबल सफल भएको जनाइएको छ।

यस कारबाहीको विषयमा तालिवान आतंकवादीहरूले कुनै टिप्पणी गरेका छैनन्। यसभन्दा अघि अफगान विशेष सुरक्षाबलले गत सोमबार अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा तालिबान लडाकूविरुद्ध भएको कारबाहीका १५ व्यक्ति मुक्त भएका थिए।

ती व्यक्तिहरुमा सात सर्वासाधारण ८ सैनिक रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *