यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

डिसी नेपाल
२० जेठ २०८२ ७:५६
120
Shares

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ६५ रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ४० रुपैयाँ तोकिएको छ। आलु रातो प्रतिकिलो ३८ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३९ रुपैयाँ रहेको छ। प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ।

अन्य तरकारीहरूमा गाजर (लोकल) ३५ रुपैयाँ, बन्दा (लोकल) १५ रुपैयाँ, काउली (स्थानीय) ४० रुपैयाँ, मूला रातो ४० रुपैयाँ, र भन्टा लाम्चो १८ रुपैयाँ रहेको छ। तनेबोडीको मूल्य प्रतिकिलो ५० रुपैयाँ, मटरकोसा १५० रुपैयाँ, र घिउ सिमी (लोकल) ३५ रुपैयाँ कायम भएको छ। तीतो करेला ५० रुपैयाँ, लौका ३० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला २५ रुपैयाँ, र भिण्डी २५,पिंडालू १२० रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै रायोसाग ३० रुपैयाँ, पालुङ्गो साग ३५ रुपैयाँ, र तोरीको साग ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ। मेथीको साग १०० रुपैयाँ र प्याज हरियो ५० रुपैयाँ रहेको छ। च्याउ (कन्य) १६० रुपैयाँ, च्याउ (डल्ले) २८० रुपैयाँ, र कुरिलो ३५० रुपैयाँमा उपलब्ध हुनेछ।

फलफूलतर्फ, स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फुजी) ३०० रुपैयाँ, र केरा (दर्जन) १५० रुपैयाँ तोकिएको छ। कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३५० रुपैयाँ, र आँप (माल्द) ६५ रुपैयाँ रहेको छ। अङ्गुर (हरियो) २५० रुपैयाँ, अङ्गुर (कालो) ३५०,तरबुजा (हरियो) ४० रुपैयाँ, र भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ निर्धारण गरिएको छ। लिची (लोकल) १३० रुपैयाँ र लिची (भारतीय) १० रुपैयाँमा खरिद गर्न सकिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *