१० वर्षपछि बुङ्गमति कुमारी माजुलाई बस्त्र, आभूषण तथा गरगहना चढाइयो
काठमाडौं । बुङ्गमति कुमारी माजुलाई बस्त्र,आभूषण तथा गरगहना चढाइएको छ।
रातो मछिन्द्रनाथको मुर्ति १० वर्षपछि बुंगमतीस्थित मन्दिरमा विराजमान गराएको चारौं दिनमा आज बुधबार बुङ्गमति कुमारी माजुलाई बस्त्र,आभूषण तथा गरगहना चढाइएको हो।
गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथको मन्दिर पुनः निर्माणगरी भोटो जात्राको दिन मच्छिन्द्रनाथलाई बुङ्गमति मन्दिरभित्र विराजमान गरिएको थियो।
यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो। १० वर्षपछि मच्छिन्द्रनाथ आफ्नै मन्दिरमा पुनःस्थापना भएकोमा स्थानीयहरू खुसी देखिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment