सीप सिकेको युवा देश तथा विदेशमा काम गर्न सक्षम हुन्छ: मुख्यमन्त्री लामा
काठमाडौं। बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले देश तथा विदेशमा सीपको आवश्यक पर्ने भएकाले जुनसुकै सीप सिक्न जरुरी रहेको बताएका छन्।
देश विकासका लागि सीप सिकेका युवा आवश्यक पर्ने भन्दै उनले हरेक युवाहरुले सीप सिक्न आवश्यक रहेको पनि बताए।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको दोस्रो संकरणको सीप मेलाको शनिबार अवलोकन गर्दै सबैखाले डाटा राख्न सकियो भने सुशासन कायम गर्न सकिने पनि औंल्याए। उनले भ्रष्टाचार गर्ने विधि अपनाउन सुझाव पनि दिए।
अरुले गरेको कुरा हामी किन गर्न सक्दैनौं भन्ने महानगरले प्रमाण गरिदिएको दावी गरेको मुख्यमन्त्री लामाले सीप मेलाको प्रशंसा समेत गरे। नयाँ परिवर्तनका लागि टेक्नोलोजीलाई बढी प्रथामिकता दिए राम्रो हुने उनले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment