रामकृष्ण ढकाल र सञ्जीवनीको स्वरमा विजय शिवाकोटीको ‘गुराँस जस्तो’ सार्वजनिक

डिसी नेपाल
२५ जेठ २०८२ १५:४५
140
Shares

काठमाडौं । थुप्रै कालजयी गीतहरुका सर्जक गीतकार विजय शिवाकोटीको शब्दमा नयाँ गीत बजारमा आएको छ । ‘गुराँस जस्तो’ बोलको गीतको म्युजिक भिडियो गीतकार शिवाकोटीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा आधुनिक संगीतका प्रसिद्ध गायक रामकृष्ण ढकाल र सञ्जीवनीको स्वर छ । गीतमा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले संगीत भरेका छन् । दीक्षित पौडेलले संगीत एरेन्ज गरेको गीतलाई एकस्टिक नेपालका प्रकाश मिश्रले रेकर्डिङ र मिक्सिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा गायक रामकृष्ण ढकाल आफैं देखिएका छन् । उनलाई मोडल अम्बिका तामाङले साथ दिएकी छिन् । अनिश क्षेत्रीको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई क्यामेरामार्फत मनोज चौहानको टिमले र ड्रोनमार्फत समीर ओलीले छायांकन गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.