लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । बेग्ला बेग्लै स्थानबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १० किलो ३ सय ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-२ बस्ने ४० वर्षीया फुलमाया स्याङ्बो र ३० वर्षीया निर्मला मोक्तान रहेका छन्। प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.३ ख ८३९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार फुलमायालाई करिब ५ किलो २ सय ग्राम र निर्मलालाई करिब ५ किलो १ सय ग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वरबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित सोही ठाउँ बस्ने ६० वर्षीय रामदेव यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment