‘मिस सुप्रानेसनल’मा नेपालको प्रतिनिधित्व गर्न पोल्यान्ड उडिन् दिक्षा अवस्थी
काठमाडौं। ‘मिस सुप्रानेसनल नेपाल २०२५’ की विजेता दिक्षा अवस्थी पोल्यान्ड उडेकी छिन्। पोल्यान्डमा हुने मिस सुप्रानेसनलमा सहभागी हुन उनी पोल्यान्ड प्रस्थान गरेकी हुन्।
उनी आज (सोमबार) बिहान ८ बजे त्रिभुवन बिमानस्थलबाट उडेकी छिन्। नेपालको झण्डा ओडाउँदै उनलाई बिदाई गरिएको थियो। ९ देखी २७ जुनसम्म हुने प्रतियोगितामा दीक्षाले नेपाललाई प्रतिनिधित्व गर्नेछिन्।
नेपालको प्रतिनिधित्व गरेर जान पाउँदा निकै खुसी लागेको बताउँछिन् दिक्षा। उनले भनिन्, ‘मलाई एकदम खुसी लागेको छ। विश्वका ७० बढी देशहरुबाट सहभागीताका लागी आउनुहुनेछ। त्यो ठुलो स्टेजमा नेपालबारे सबैलाई चिनाउनेछु।’
मिस सुप्रानेसनलमा नेपालले राम्रो स्थान हासिल गर्ने मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययको विश्वास छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment