अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु)को अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् ।
बिहीबार भएको मतगणनामा प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतान्तरले पराजित गर्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन्। कडरियाले कुल ७ सय ३२ मत पाए भने पौडेलले ७ सय २५ मत प्राप्त गरे।
महासचिवमा दीपक धामी निर्वाचित भएका छन्। उनी पनि कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए।
१५५१ मतदाता रहेको अखिलमा १४५० मत खसेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment