कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्ने
फाइल तस्विर
काठमाडौं। नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यको उपस्थितीका लागि अनुरोध गरिएको मुख्यसचिव पौडेलको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment