माओवादी र एमालेबीच भएको सहमतिका बारेमा पार्टीमा समिक्षा हुन्छः नारायणकाजी श्रेष्ठ

डिसी नेपाल
३१ जेठ २०८२ १७:०१
340
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संसदको गतिरोध अन्त्यका लागि माओवादी र एमालेबीच भएको सहमतिका बारेमा पार्टीमा समिक्षा हुने बताएका छन्।

शनिबार काठमाडौंमा माओवादी दोलखा काठमाडौं सम्पर्क समन्वय समितिको अधिवेशन उद्घाटन गर्दै श्रेष्ठले माओवादी र एमालेबीच भएको दुई बुँदे सहमतिपछि विभिन्न प्रतिक्रियाहरु आइरहेको भन्दै यसबारे पार्टीमा समिक्षा हुने बताएका हुन्।

यसबारेमा पार्टी अध्यक्ष प्रचण्डसंग छलफल हुन नपाएको उल्लेख गर्दै उनले दुई बुँदे सहमति माओवादीको सुशासनको अभियानलाई हित पुग्ने गरी भयो कि भएन भन्नेमा छलफल हुने धारणा राखे।

श्रेष्ठले भ्रष्टाचारविरुद्ध माओवादी निरन्तर लड्दै आएकाले भिजिट भिसासम्बन्धी मुद्दालाई त्यसै नछाड्ने बताए। प्रचण्डले समग्र लेखाजोखा गरेर नै सहमति गर्ने निष्कर्षमा पुगेको हुन सक्ने श्रेष्ठले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *