एक युवकले सन्त कबीरसँग भने–म बुद्धिमान छु, मलाइ सत्संगको किन आवश्यकता ?
काठमाडौं। सन्त कबीरको जीवनका कयौं यस्ता प्रसंग प्रचलित छन्, जसमा सुखी र सफल जीवन बिताउनु सुत्र लुकेका छन्। यदि हामीले यी सुत्रलाई आफ्नो जीवनमा अपनायौं भने कयौं समस्याबाट बच्न सकिन्छ। आज हामी सन्त कबीरका यस्तै प्रसंगका विषयमा जानकारी दिन गइरहेका छौं।
प्रचलित प्रसंगका अनुसार एक युवक सन्त कबीर भएको ठाउँमा गए र भने–गुरुदेव ! मैले आफ्नो अध्ययन पूरा गरेँ। म समझदार पनि छु। राम्रो नराम्रो पनि बुझ्छु। मेरा आमा बुवाले मलाइ सधैं सत्संगमा जान भन्नुहुन्छ। तपाइँ नै भन्नुस् म बुद्धिमान छु भने मैले सत्संगमा किन जानुपर्यो?’
सन्त कबीरले ध्यानपूर्वक ती युवकको कुरा सुने, केही नबोली एक हथौडा उठाए र नजिकै रहेको एक साङ्लो (कुकुर बाँध्न प्रयो गरिने फलामको बस्तु) मा प्रहार गर्न थाले। यो देखेर युवक त्यहाँबाट गए।
भोलि पल्ट ती युवक फेरि सन्त कबीर भएको ठाउँमा आए भने –मैले हिजो जुन प्रश्न सोधेको थिएँ, त्यसको उत्तर दिनु भएन।’
कबीरले फेरि साङलोमा हथौडाले प्रहार गरे। तर केही पनि बोलेनन्। युवकले सोचे शायद आज सन्तको मौन व्रत होला। उनी तेस्रो दिन फेरि सन्तकँहा आएर त्यही प्रश्न सोधे। सन्तले फेरि त्यो साङ्लोलाई हथौडाले प्रहार गरे।
यो देखेर युवकलाई रिस उठ्यो, उनले तपाइँ मेरो प्रश्नको जवाफ दिन दिनुहुन्न? म तपाइँलाई तीन दिनदेखि यो प्रश्न सोधिरहेको छु।’
त्यसपछि सन्त कबीरले भने–म तिमीलाई दैनिक जवाफ दिइहेको छु। म सधैं यो हथौडाले साङ्लोलाई प्रहार गरेर जमीनसँग यसको पकडलाई झन बलियो बनाइ रहेको छु। यदि यसलाई त्यसो गरिएन भने यसमा बाँध्ने पशु यसबाट छुटकारा पाउँछ। यस्तै काम सत्संगले गर्छ।
सत्संगले हाम्रो मनरुपी साङ्लोलाई निरन्तर प्रहार गर्छ ताकि हाम्रो पवित्र भावना सकारात्मक होस्। प्रत्येक दिन राम्रो कुरा पढ्ने र सुन्ने हुँदा हाम्रो मन नराम्रो चीजबाट टाढै हुन्छ। सकारात्मकता बढ्छ। यसकारण सत्संग अनिवार्य हुन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment