इरान-इजरायलबीच ‘युद्धविराम भन्दा राम्रो’ विकल्प के हुन सक्छ ? ट्रम्प के गर्न खोज्दैछन् ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीचको युद्धविरामको बारेमा कुरा गर्दै आफूले अजै राम्रो विकल्पको आशा गरिरहेको बताएका छन् ।
उनले पत्रकारहरूलाई बताएअनुसार उनी इरान र इजरायल बीच युद्धविराम गराउन मात्र वाशिंगटन फर्किन लागेका थिएनन्, उनी “युद्धविरामभन्दा राम्रो विकल्प” चाहन्छन्।
यसको अर्थ के हुन सक्छ भनेर सोध्दा उनले यसबारे पनि अस्पष्टता व्यक्त गरे। ट्रम्पले “वास्तविक अन्त्य” भने – जसमा इरानद्वारा “पूर्ण आत्मसमर्पण” समावेश हुन सक्छ।
उनी इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा त्याग्नुपर्छ भन्ने कुरामा अडिग रहे। यद्यपि, यसका लागि थप वार्ता आवश्यक पर्नेछ । अहिल्यै वार्ता सम्भव पनि देखिँदैन किनभने केही समयमै ट्रम्पले फेरि भनेका थिए – उनी अहिले वार्ता गर्ने मुडमा छैनन्।
ट्रम्पले जोड दिँदै भने – इजरायली आक्रमण अघि उनले प्रस्ताव गरेको सम्झौता इरानले स्वीकार गर्नुपर्थ्यो । जुन बुँदा उनले एयर फोर्स वन वाशिंगटनमा अवतरण गरेपछि ट्रुथ सामाजिक पोस्टमा दोहोर्याएका थिए।







डिसी नेपाल







Facebook Comment