राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

डिसी नेपाल
५ असार २०८२ १३:५२
96
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद बहिष्कार गरेको छ।

शुक्रबार प्रतिनिधि सभाको बैठक विरोध हुँदा पनि चलेको भन्दै राप्रपाले संसद बहिष्कार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बताए।

उनले भने,  ‘जनताले दिएको विश्वासलाई घात नगरौं। अन्यायको महल कति दिन टिक्ला र झुटको पर्दाले कति दिन छेकिएला। आज नभए भोलि त ढल्नैपर्छ। किनकी सत्यको जित निश्चित हुन्छ। जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन तबसम्म अवरोध जारी रहन्छ। संसदमा एउटा दलको पनि त्यतिकै हैसियत हुन्छ, एकजना सांसदको पनि त्यति नै हैसियत हुन्छ। विरोध हुँदा पनि संसद चल्छ भने राप्रपाले आज पनि संसद बहिष्कार गर्छौ।’

यस्तै, उनले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएको भन्दै सम्पूर्ण राजनीतिक दल र संसदीय दलका सांसदहरुलाई राप्रपाको तर्फबाट मानव बेचविखनविरुद्ध एकजुट हुन अपिल पनि गरेका छन्।

उनले भने, ‘यो भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन्। सम्पूर्णको साझा मुद्दा हो। एकजना गृहमन्त्रीको कुरा होइन, यो १४ वटा गृहमन्त्रीको कुरा हो। २०६४ सालदेखिको कुरा हो। त्यसैले सम्पूर्ण राजनीतिक दल र संसदीय दलका सम्पूर्ण सांसदहरुलाई राप्रपाको तर्फबाट अपिल छ हामी एक ठाँउमा आउ। मानव बेचविखनविरुद्ध एकजुट बनौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *