११ महिनामा ३३ अर्बका साढे २८ हजार ईभी गाडी भित्रिए

डिसी नेपाल
७ असार २०८२ ११:३६
20
Shares

काठमाडौं । पछिल्लो ११ महिनामा नेपालमा ३३ अर्ब रुपैयाँका करीब साढे २८ हजार विद्युतीय गाडी (ईभी) भित्रिएका छन्।

भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१/८२ को जेठ महिनासम्ममा तीनपांग्रे रिक्सा, चारपांग्रे कार, जीप, बस सहित ३३ अर्ब ११ करोड ३३ लाख ३३ हजार रुपैयाँका २८ हजार ७७४ वटा ईभी गाडी भित्रिएका हुन्।

गत आवको सोहि अबधिमा ३० अर्ब ३२ करोड ८३ लाख २० हजार रुपैयाँ बराबरका २० हजार ९११ ओटा ईभी नेपाल भित्रिएका थिए। नेपालमा चीन, भारत, जापान, अस्ट्रेलिया, क्यानडा, जर्मनी, कोरीया, मलेसिया र अमेरिकालगायत मुलुकबाट ईभी भित्रिने गरेका छन्।

पछिल्लो समय नेपालमा ईभी प्रयोगकर्ताहरु बढेसँगै ईभी आयात हरेक वर्ष बढ्दै गएको छ। विषेशगरी शहरी क्षेत्र र मुख्य राजमार्गहरुमा चार्जिङ स्टेशनहरु निर्माणको निर्माण बढेपछि ईभी प्रयोगकर्ताहरुलाई सहज भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *